stcnepal long ad
himalayan Everest Insurance long ad

नेपाल सबै भन्दा कम बचत गर्ने मुलुकमा पर्छः गभर्नर अधिकारी

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबै भन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताउनुभएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्व व्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतना मूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबै भन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताउनुभयो । उहाँले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने दावी गर्नुभयो ।

गभर्नर अधिकारीले मानिसहरुसँग भएको रकम बचत नगरे पनि खर्च हुने भएको भन्दै बचत गर्न अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा वचतको रेट कमजोर रहेको जानकारी दिनुभयो ।

त्यस्तै गनर्भर अधिकारीले शेयरमा लगानी गर्नुपनि बचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताउनुभयो । उहाँले नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताउनुभयो ।

आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमबारदेखि ग्लोबल मनी विक–२०२३ सुरू भएको छ । ग्लोबल मनी विकको यो एघारौं संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका का.मु. रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारी लगायतको उपस्थिति थियो ।

चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतना मूलक कार्यक्रमहरू सञ्चालन हुने भएका छन् ।

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष मार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुने छन् ।

साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोवल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने छन् ।

यसैगरी, निजी विद्यालयका छाता सङ्गठनलाई समेत विद्यालयस्तरमा वित्तीय चेतना मूलक कार्यक्रम सञ्चालनको निम्ति अनुरोध गरिएको छ । यस अभियानअन्तर्गत बैंकिङ(वित्तीय, पूँजी बजार, बीमा र सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् ।

उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवरद्धन, वित्तीय पहुँच विस्तार भई स्वरोजगार सिर्जना, उद्यमशीलताको विकास, उत्पादन र आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

६ चैत २०७९, सोमवार १३:४७ बजे प्रकाशित

NTA long ad