citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिभिल बैंकको एक्विजिसनपछि हिमालयन बैंकको नाममा ७ करोड ६५ लाख कित्ता सेयर सूचीकृत

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन बैंकको ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । साविकको सिभिल बैंकको सेयर अब हिमालयन बैंकको नाममा सूचीकरण भएको हो ।

हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । सोही स्वाप रेसियोका आधारमा कायम भएको सिभिलको सेयर हिमालयन बैंकको नाममा सूचीकृत गरिएको हो ।

अब साविकको सिभिल बैंकका सेयरधनीले हिमालयन बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् ।

यससँगै, सिभिल बैंकको सूचीकरण खारेज भएको छ । हिमालयन बैंक र सिभिल बैंकले फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको चुक्ता पुँजी ३४ अर्ब रुपैयाँ नाघेको छ ।

himalayan life insurance
igi long