prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

नेमकिपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा ९एमाले० को दृष्टिकोणमा तात्त्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

नेपकिपाका संघमा १ जना र प्रदेशमा ३ जना गरी ४ सांसद छन् । यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार मतदान जारी छ ।

२५ फागुन २०७९, बिहीवार १२:२७ बजे प्रकाशित

NTA long ad
stcnepal long ad