stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

खल्तीको दुई सब्क्रिप्शन प्लान सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले विशेष अफरहरूको मजा लिन खल्ती प्रो वा खल्ती क्लबमध्ये कुनै एक वार्षिक रोज्न सक्नेछन्।

खल्ती क्लब एउटा सब्क्रिप्शन प्लान हो जहाँ प्रयोगकर्ताहरूले मात्र ३९९ रूपैयाँ (भ्याट सहित) को मेम्बरसिपमा चलचित्र र इभेन्टको टिकटमा १००० रूपैयाँसम्म क्यासब्याक साथै अन्य अफरहरु प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरि ‘खल्ती प्रो’ अर्को सब्सक्रिप्शन प्लान हो जहाँ खल्ती प्रयोगकर्ताहरूले मात्र ५९९ रूपैयाँ (भ्याटसहित) को मेम्बरसिपमा थप विशेष र अतिरिक्त फाइदा लिन सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले यी दुई मध्ये कुनै एक योजनाको मेम्बरसिप लिन सक्नेछन्।

यस सब्क्रिप्शन प्लान १ वर्षलाई लागु हुनेछ। तर, खल्ती प्रोको मेम्बरसिप सब्सक्रिप्शन छनौट गर्नेहरूले खल्ती क्लबभन्दा बढी विशेष अफरहरू प्राप्त गर्नेछन्।

एक वर्षमा ‘खल्ती मेम्बरसिप’ सदस्यले पनि सामान्य खल्ती प्रयोगकर्ताभन्दा दोब्बर खल्ती पोइन्ट्हरू र ब्लुबुक नवीकरण सेवामा १०० रूपैयाँको छुट पनि पाउनेछन्।

चलचित्र र इभेन्ट प्रेमी प्रयोगकर्ताहरूलाई आकर्षित पार्दै थप अफर उपलब्ध गराउने विचारका साथ खल्ती क्लब सुरु गरिएको हो।

त्यसैगरि, ’खल्ती प्रो’ प्रयोगकर्ताले धेरै विशेष सुविधाहरू प्रदान गर्नेछन्, जस्तै सेल्फ–मोबाइल टपअपमा २ प्रतिशत क्यासब्याक, आफ्नो बैंक खातामा निःशुल्क पैसा पठाउने, चलचित्र र इभेन्टको टिकटमा १००० रूपैयाँसम्मको क्यासब्याक, भुक्तानीमा डबल खल्ती पोइन्टहरू, अन्य बैंकहरूमा निःशुल्क पैसा पठाउन मिल्ने (महिनामा ५ पटक) र अन्य धेरै विशेष छुट र अफरहरु रहेको छ। खल्ती प्रो प्रयोगकर्ताहरूले अब सामान्य खल्ती प्रयोगकर्ताहरूले जस्तै अफरको प्रतीक्षा नगरी अत्यधिक फाइदा लिन सक्नेछन्।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long