citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

माछापुच्छ्रे बैंकको लगनखेल स्थित सञ्चय कोष भवनमा एक्सटेन्सन काउन्टर संचालन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । माछापुच्छ्रे बैंकले लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

बैंकले माघ ९ गते सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो । कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

सो एक्सटेन्सन काउन्टरको स्थापना भए सगैँ बैंकको हाल सम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंक लि. ले देशका हरेक बर्ग तथा समुदाय सम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्नेछ ।

himalayan life insurance
igi long