stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बैंकको खुद नाफा २८.४२ प्रतिशतले बढेर ९५ करोड ४७ लाख रुपैयाँ पुगे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा २८.४२ प्रतिशतले बढेर ९५ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा यसले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९०.३९ प्रतिशत र ३०.८० प्रतिशतले बढेको छ ।

हाल यसको चुक्ता पुँजी १४ अर्ब ६२ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा ८ करोड ७२ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ १६ पैसाले बढेर १३ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा छ ।

IME Lifesidebar
kumari