नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल
राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यो ट्रेजरी २०८० वैशाख ५ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले आज मंगलबार नै बोलकबोल गरेर आजै ट्रेजरी बिल जारी गर्न लागेको छ । हिजो सोमबार सार्वजनिक बिदा भएकाले आजै बोलकबोल गरेर ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
























