stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने

उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७९ माघ चार गतेदेखि २०८० माघ चार गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७९ माघ चार गतेदेखि २०८० माघ चार गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार लगानी गरिने कुल रकम मध्येमा बाणिज्य बैकहरुको लागि एक अर्ब ६८ करोड, बिकास बैंकहरुको लागि ३१ करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि १० करोड पाँच लाख रुपैयाँ रुपैयाँ तोकिएको छ ।

लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही पुस २६ गते सम्म नेपाल आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।

लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए)( कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

IME Lifesidebar
kumari