stcnepal long ad
global ime bank long

“महासंघ प्रतिनिधिमण्डल भारतीय व्यापार मेलामा सहभागी भई स्वदेश फिर्ता”

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका विशिष्ट सदस्य  कृष्ण लाल महर्जनको नेतृत्वमा महासचिव  किसान सुनार र अन्य ४ जना गरी जम्मा ६ जनाको प्रतिनिधिमण्डल भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सिलको तत्वावधानमा आयोजित “१५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो (IIJS Signature – 2023) मा सहभागि हुनु भई आज स्वदेश फर्केका छन् । २०७९ पुस २१ गते देखि संचालित उक्त शो २०७९ पुस २५ गते (पाँच दिन) सम्म चालू रहनेछ ।

व्यापार मेलामा सहभागि हुने क्रममा प्रतिनिधिमण्डलले काउन्सीलका वर्तमान अध्यक्ष श्री विपुल शाह र अन्य विशिष्ट पदाधिकारीहरुसंग भेटवर्ता गरी नेपाल–भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते यस महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच भएको समझदारीलाई स्मरण गर्दै दुई संस्था बीच भएको सहमति अनुरुप सहकार्यलाई अझ थप प्रगतिमूलक गतिविधि सहित अगाडि लाने विषयमा छलफल भएको छ ।

साथै महासंघ र काउन्सिलको संयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोन्नतिको लागि विभिन्न तालिम संचालन गर्ने, नेपालमा नै जेम ल्याव स्थापना गरी नेपालमा पाईने वहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर आदिको प्रवद्र्धन तथा निर्यात् गर्ने विषयमा दुई पक्षिय वृहत छलफल भएको साथै काउन्सिलले उक्त कार्यमा सहयोग गर्ने सहमति एवं प्रतिवद्धता जनाउनु भएको महासंघका महासचिव श्री किसान सुनारले बताउनु भयो ।

मुम्बाई बसाईको क्रममा प्रतिनिधिमण्डलले विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी कारखानाहरुको पनि स्थलगत अवलोकन भ्रमण गरेको थियो ।

IME Lifesidebar
kumari