stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुस १४ गते सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पुस १४ गते सेञ्चुरी कमर्सियल बैंकले १२औं साधारणसभा आह्वान गरेको छ । बैंकले पुस १४ गते बिहिबार आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष ०७८/७९ को मुनाफ बाट ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

बैंकको सभामा आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्नेछ ।

त्यस्तै, सभाले लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव हुने छन् । विशेष प्रस्ताव अन्तर्गत प्रभु बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

IME Lifesidebar
kumari