Everest Bank
nabil bank
national life
stcnepal long ad

यूजीबेस्टको विद्युतीय स्कुटर नेपालमा सार्वजनिक

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । यूजीवेष्ट ब्रान्डको आर ३ र आर ३ प्रो विद्युतीय स्कुटर नेपालमा भित्रिएको छ । ग्लोबल सेभेन प्रालिले यूजीबेस्ट इलेक्ट्रीकको उत्पादन नेपाल नेपाल भित्र्याएको हो ।

कम्पनीले काठमाडौं उत्तरढोकामा आफ्नो पहिलो शोरुमबाट यूजीवेस्टका स्कुटरको विक्री प्रारम्भ गरेको छ । कम्पनीले छिट्टै देशका विभिन्न स्थानमा शोरुम स्थापना गर्ने योजना समेत अघि सारेको छ ।

यूजीबेस्ट आर ३ मा ४ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ६० भोल्ट ४० एएच क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध छ ।

यो स्कुटरलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिन्छ । आर ३ प्रोमा भने डबल ब्याट्री अप्सन रहेको छ । यसलाई एकपटक फुलचार्ज गरेर २०० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

आर ३ प्रोमा फास्ट चार्जिङ सुविधासमेत रहेको छ जसले गर्दा यसलाई १ घण्टामा फुलचार्ज गर्न सकिन्छ । एकदमै स्पोर्टी डिजाइन भएको यो इलेक्ट्रीक स्कुटको दुवैतर्फ डिस्क ब्रेक उपलब्ध रहेको छ । त्यस्तै यसमा फुल डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एलईडी लाइट्स जस्ता फिचर उपलब्ध रहको छ ।

कम्पनीले आर ३ को मूल्य ३ लाख ८० हजार रुपैयाँ र आर ३ प्रोको मूल्य ५ लाख ३० हजार रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले बिहीबारदेखि नै यी दुवै स्कुटरको बुकिङ खुल्ला गरेको पनि जानकारी दिएको छ । ग्राहकले यूजीवेस्टको शोरुममा सम्पर्क गरेर आर ३ र आर ३ प्रो स्कुटर बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले स्कुटर बुकिङ शुल्क ४ हजार ९९९ रुपैयाँ तोकेको छ । बुकिङ भएको स्कुटर २०२३ को जनवरी अन्तिसम्ममा डेलिभरी हुने कम्पनीले जानकारी दिएको छ ।

२२ मंसिर २०७९, बिहीवार १४:२९ बजे प्रकाशित

stcnepal long ad