लुम्बिनी विकास बैंकको १२% लाभांश घोषणा

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको मंसिर २ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र करसहित ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लुम्बिनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी हुनेछ ।