stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि राष्ट्र बैंकले माग्यो सुझाव

चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि सुझाव माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा गएको एक महिनापछि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन माथि सुझाव माग गरेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो ।

राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको १ महिना बितिसकेको भन्दै कार्यविधि कार्यान्वयनको क्रममा कुनै समस्या वा दुविधा देखिएको मंसिर १० गतेभित्र सुझाव उपलब्ध गराउने आह्वान गरेको छ ।

२ करोड वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कायम गर्न सकिने तर विस्तृत विश्लेषणको आधारमा ४० प्रतिशतसम्म कर्जा सीमा बैंक तथा वित्तीय संस्थाले कायम गर्न सकिने व्यवस्था चालु पूँजी कर्जा मार्गदर्शनमा छ ।

त्यस्तै, २ करोड भन्दा बढी रकमको चालु पुँजी कर्जाको सीमाको हकमा ऋणीको आवश्यकतालाई घटबढ हुने तथा स्थिर दुई भागमा विभाजन गरी घटबढ हुनेको हकमा २५ प्रतिशत र स्थिरको हकमा आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा नीति बमोजिम सीमा कायम गर्न सक्ने उल्लेख छ ।

ऋणीले पेश गरेको लेखा परिक्षण प्रतिवेदन अनुसारको कारोबार अनुमानितसँग २० प्रतिशत भन्दा बढीले कम भएमा ‘भेरियन्स’ सम्बन्धी व्यवस्था लागु हुने छ ।

चालू पुँजी कर्जाको लागि चाल सम्पत्ति बाहेक अन्य कुनै पनि प्रकारको स्थिर र वा अचल सम्पत्ति सुरक्षण आवश्यक नहुने व्यवस्था छ ।

नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालू पुँजी कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योग÷व्यवसायको प्रकृति अनुसार कम्तीमा लगातार ७ दिन शून्य बक्यौता कायम गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

तर, यस व्यवस्था कार्यान्वयनका लागि पहिलो वर्ष ३० प्रतिशतभन्दा कम दोस्रो वर्ष २० प्रतिशतभन्दा कम र तेस्रो वर्ष १० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सकिने जस्ता व्यवस्था मार्गदर्शनले गरेको छ ।

prabhu mahalaxmi
kumari