सरकारले विदेशी लगानीको सीमा दुई करोड रुपियाँ बनाए

काठमाडौं । सरकरले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ ।
सरकारले विदेशी लगानी तथा प्रतिधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्युनतम सीमा दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको हो ।
तर, नेपालमा प्रतिबद्धताअनुसार वैदेशिक लगानी आउन भने सकेको छैन । प्रतिबद्धताको एक तिहाइ लगानीमात्र आउने तथ्यांकमा देखिन्छ ।
सन् २०२१ सम्मको तथ्यांकका अनुसार ३ खर्ब ५७ अर्ब प्रतिबद्धतामा १ अर्ब ३० अर्ब मात्रै लगानी आएको छ ।
उद्योग विभागका अनुसार गत भदौसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । जसमध्ये भारतबाट सबैभन्दा बढी ७९ अर्ब १४ करोड, चीनबाट ७५ अर्ब ७७ करोड रहेको छ ।
यस्तै सिंगापुरबाट १७ अर्ब ४३ करोड, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।