sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

ब्याजदर तत्काल रोक्न राष्ट्र बैंकसँग राष्ट्रिय व्यवसायी महासंघको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्रिय व्यावसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ ।

महासंघका अध्यक्ष कुमार कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको ब्याजदर थेग्नै नसक्ने भएको भन्दै हस्तक्षेप जरुरी रहेको बताउनुभएको हो ।

एकल अंकमा ब्याजदर झर्नुपर्ने माग गरेको महासंघले बैंकहरुले धितो लिलाम बिक्रीको आतंक मच्चाएको आरोप समेत लगाएको छ ।

करोडौं पर्ने धितो पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको  महासंघको आरोप छ । बैंकहरुले संकटको बेलामा सामान्य मानवता समेत नदेखाएको भन्दै ३५ दिने सूचनालाई बढाएर ६ महिने बनाउनुपर्ने माग समेत गरेको छ ।

साथै लिलामी गर्नुअघि ऋण चुक्ता गर्न १ वर्षको अवधि दिनुपर्ने माग समेत गरिएको छ । बैंकहरुले ओभर ड्राफ्ट ऋण रोक्दा व्यावसाय नै बन्द गर्नुपर्ने अवस्था आइपुगेको महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

prabhu bank
nawakantipur long