citizens life insurance long ad
stcnepal long ad

कर्णाली डेभलपमेन्ट बैंकको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले १ करोड ६४ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यही अवधिमा बैंकले ३ करोड ७९ लाख २९ हजार रुपैयाँ घाटा ब्योहोरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि १ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा ३ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

खुद ब्याज आम्दानी भने ४४.२६ प्रतिशतले घटेर ५ करोड ३ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढ्नाले यसको खुद नाफा वृद्धि भएको हो ।

साथै, बैंकको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा घटेको छ । बैंकले इम्पेयरमेन्ट चार्ज बापत ५५ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ । सो रकम गत वर्ष ३ करोड १५ लाख रुपैयाँ रहेको थियो । यसको वितरणयोग्य नाफा २ करोड ४२ लाख १३ हजार रुपैयाँ रहेको छ ।

कर्णालीको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । जगेडा कोषमा ६ करोड ५४ लाख रुपैयाँ जम्मा रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ २७ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५४ पैसा नोक्सनीमा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर ३.१२ प्रतिशत कायम भएको छ ।

IME Life
kumari