नेपाल राष्ट्र बैंकले सोमवार पुन: १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुने
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिलको लागि आव्हान गरेको छ । भोलि सोमवार अपरान्ह तीन बजेसम्म बोलकवोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्नको लागि राष्ट्र बैंकले आव्हान गरेको हो ।
जारी मिती भने कात्तिक एक गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्र बैंकको भनाइ छ ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको रहेका छन् ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्तिक २९ गते, २०७९ माघ तीन गते, २०८० बैशाख पाँच गते र २०८० असोज ३० गते तोकिएको र यि ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही असोज २४ गते पनि राष्ट्र बैकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।






















