citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्ड अब मोको एपमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहक मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकका कार्डबाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् ।

बैंकका कार्डवाहकहरुले कार्ड लिंक पश्चात मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ ।

भुक्तानी सेवाहरुमा जस्तै मोबाइृल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाई जहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ ।

साथै, बैंकका कार्डवाहकहरुले मोको मार्फत स्क्यान गरी १५ सयभन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ ।

यस सँगै बैंकका कार्डबाहक महानुभावहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् ।

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

gold
kumari bank