citizens life insurance long ad
stcnepal long ad

शेयरधनीको हितग्राही खातामा गरिमा विकास बैंकको बोनश शेयर जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको गत चैत १८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

बैंकले गत चैत ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनश शेयर जम्मा गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

बैंकका अनुसार १६ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।

चैत १८ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनश शेयर डिम्याट खातामा नै प्राप्त गर्न शेयरधनीलाई आग्रह गरेको छ ।

साथै, गरिमा बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार भएको मिति २०७८ कार्तिक २८ गते पश्चात् शेयर खरीद गरेका शेयरधनीले बोनस शेयर बापतको कर रकम तिर्नुपर्ने भएकोले शेयरधनीले शेयर बापतको कर तिरेपछि मात्र बोनश शेयर हितग्राही खातामा जम्मा गरिने समेत कम्पनीले जनाएको छ ।

IME Life
kumari