नारायणगढ–मुग्लिन सडक सञ्चालन
काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिमा–२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक सञ्चालनमा आएको हो।
राति दुई बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको थियो। शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
वर्षाका कारण यतिबेला नारायणगढ(मुग्लिन सडक अवरुद्ध भइरहेको छ। सडक अवरुद्ध हुँदा लामो दुरीको यात्रा गर्ने यात्रुहरूलाई सास्ती भएको छ।























