stcnepal long ad
global ime bank long

सोमबारदेखि नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुँदै

नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा एक्वायर गरे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंक असार २७ गते सोमबारबाट एकीकृत कारोबार सुरु गर्दैछन् । दुवै बैंक एक भएपछि नबिल बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेका थिए । केन्द्रीय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

 

नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा एक्वायर गरेको हो । अर्थात, नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् ।

नबिल बैंकले केही दिन पहिले मात्रै नेपाल बंगलादेश बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र ढुंगानालाई सीइओ नियुक्त गरिसकेको छ ।

IME Lifesidebar
kumari