prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

हितग्राहीहरुलाई खाता नविकरण शुल्क बुझाउन नेपाल बैंकद्धारा आग्रह

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले हितग्राहीहरुलाई खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । यस बैंकका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/२०७९ सम्म सञ्चालन गरे बापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राहीहरुले असार ३२ गतेभित्र उक्त वार्षिक सञ्चालन शुल्क शाखा कार्यालयमा अथवा इ–सेवा, खल्ती, कनेक्ट आइपिएस मार्फत बुझाउन सक्नेछन् ।

बैंकले तोकिएको समयभित्र शुल्क नतिरेको खण्डमा शुल्क भुक्तान नगरेसम्म हितग्राहीको खाता फ्रिज हुने जनाएको छ ।

साथै मेरो शेयर प्रयोग गरिरहेका ग्राहकहरुले प्रयोगमा आएको एक वर्षभित्र उक्त सेवा नविकरण गर्न आग्रह गरेको छ ।

समयमै नविकरण नगरेमा सेवा बन्द हुने भएकोले नविकरणको समयमै सेवा बापतको रकम ५० रुपैयाँ भुक्तानी गर्न समेत बैंकले आग्रह गरेको छ ।

९ असार २०७९, बिहीवार १४:४७ बजे प्रकाशित

NTA long ad
stcnepal long ad