prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

टेलिकमको इन्टरनेट इन्ट्रानेटको महसुल घटयो

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको महसुल घटाएको छ ।
असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।

इन्टरनेटको २० एमबीपीएससम्म यसअघि २ हजार रूपैयाँ महसुल थियो भने अब २० एमबीपीएस १ हजार ६ सय रूपैयाँ मात्र कायम गरिएको छ । सो सेवामा ४ सय मूल्य घटेको छ ।

 

 

२१ देखि ५० एमबीपीएसको महसुल शुल्क पनि २ हजार ३ सय रूपैयाँ रहेकामा १ हजार ६ सय रूपैयाँमा झारिएको छ । ५१ देखि १०० एमबीपीएससम्म महसुल २ हजार १ सय रूपैयाँ रहेकोमा घटाएर १ हजार ९ सय रूपैयाँ नयाँ महसुल तोकिएको छ ।

इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २ हजार ७ सय रूपैयाँबाट घटेर २ हजार ४ सय रूपैयाँ नयाँ शुल्क तोकिएको छ ।

 

 

 

९ असार २०७९, बिहीवार १४:०५ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads