prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

एनआइसी एसिया बैंक र नेपाल लाइफको संस्थापक सेयर लिलामी बिक्री खुला

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  आज असार ८ गते देखि एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नाममा रहेको संस्थापक सेयर लिलामी बिक्री खुला गरेका छन् ।

जसमा एनआइसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९७ हजार ९२१ कित्ता सेयर रहेको छ । यसमा असार १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

 

लगानीकर्ताले एनआइसीको सेयरमा न्यूनतम ४०० रुपैयाँ र नेपाल लाइफको सेयरमा ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

८ असार २०७९, बुधवार १०:१३ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads