citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ८ लाख ८० हजार संस्थापक शेयर जेठ २४ गतेदेखि लिलामीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संघ र संस्थाले असार ७ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

 

 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले कार्यालय समयसम्म प्राप्त भएका बोलपत्र असार ८ गते दिउँसो १ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी दिएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

himalayan life insurance
igi long