prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै हुँदै

आर्थिक वर्ष २०७९्/८० को बजेट सरकारले आज आइतबार सार्वजनिक

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं। आउँदो आर्थिक वर्ष २०७९्/८० को बजेट सरकारले आज आइतबार सार्वजनिक गर्दैछ। आज दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आइतबार बजेट सार्वजनिक गर्न लागिएको हो।

 

 

यसअघि शनिबारको प्रतिनिधि सभा बैठकबाट आर्थिक वर्ष २०७९्/८० को नीति तथा कार्यक्रम पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

नीति तथा कार्यक्रममाथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो। त्यसक्रममा सांसद्हरुले उठाएका प्रश्नहरूको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारकै दोस्रो बैठकमा जवाफ दिएका थिए।

शनिबार नीति तथा कार्यक्रम निर्णयार्थ पेस भएको थियो। राष्ट्रिय सभाबाट शुक्रबार नै नीति तथा कार्यक्रम पारित भइसकेको छ।

 

१५ जेठ २०७९, आइतवार ०६:४६ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads