stcnepal long ad
global ime bank long

काठमाडौं उपत्यकाकामा नेपाल बैंकको एकै दिन चार शाखाको उद्घाटन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ । बैंकले टोखा रोडस्थित ग्रिनल्याण्ड, नार्गाजुन स्थित रानिवन चोच, सितापाईला चोक र पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ । सञ्चालनमा आएका नयाँ ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र टोखा नगरपालिकाका नगर प्रमूख प्रकाश अधिकारीले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो । अन्य तिन शाखाहरुमा सफ्ट लञ्च सहित कारोवार सुरुवात गरिएको छ ।

 

 

ग्रीनल्याण्ड शाखाको समुद्घाटन समारोहमा मन्तव्य राख्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोवार गर्न अझ सहज बनाउने बताउनुभयो । उहाँले नेपाल बैंक नेपालकै पहिलो र विश्वासिलो बैंक भएको चर्चा गर्दै नगरवासीलाई यो बैंकसंग ढुक्कसंग कारोवार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले ग्रिनल्याण्ड शाखाले यस आसपासका जनतालाई बैंकिङ्ग कारोवार गर्न सहज तुल्याउने विश्वास ब्यक्त गर्दै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गैरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वि. स. १९९४ मा स्थापित नेपालको पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ्ग सेवा दिने क्रममा यस टोखा नगरवासीको सेवाको लागि शाखा स्थापना गरिएको बताउनुभयो ।

IME Lifesidebar
kumari