stcnepal long ad
global ime bank long

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो–अध्यक्ष ओली

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताउनुभएको छ ।

नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से हलमा आयोजित बैठकमा उहाँले पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुका कारण पार्टीभित्रकै अन्तर्घातका कारण भएको बताउनुभयो ।

 

 

अध्यक्ष ओलीले निर्वाचनमा पार्टीभित्रै अन्तर्घातबारेमा गम्भीर समीक्षा गर्न जरुरी भएको र प्रमुखले जितेको ठाउँमा पनि उपप्रमुखले हार्नुले पनि यो कुरा प्रष्ट भएको छ भन्नुभयो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामको संक्षिप्त चर्चा गरेर पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहनु भएका ओलीले सरकारले संसद्‍मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको चिरफार गर्दै सशक्त, तर्कयुक्त र तथ्यपरक ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको समीक्षा गर्दै आगामी निर्वाचनमा थप योजना सहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

 

IME Lifesidebar
kumari