stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

गभर्नरलाई काम गर्ने बाटो खुल्यो

कारवाही नगर्न सर्वोच्चको आदेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काम गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले गभर्नरमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई शुक्रबार निरन्तरता दिएको छ ।

अदालतको यस आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् । मुद्दाको अन्तिम फैसला भने भएको छैन ।

न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता दिएको हो ।

यसअघि न्यायाधीश हरि फुयालको एकल इजलासले गभर्नरलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश दिएको थियो । गत चैत २४ गतेको मन्त्रिपरिषद बैठकले गभर्नरमाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो । त्यससँगै उनी निलम्बनमा परेका थिए ।

prabhu mahalaxmi
kumari