stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंकलाई ‘ बैंकले नेशनल एचआर एक्सेलेन्स 2022!’ अवार्ड

नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘ बैंकले नेशनल एचआर एक्सेलेन्स अवार्ड 2022! ’ अवार्ड प्राप्त गरेको छ ।
मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई ‘ बैंकले नेशनल एचआर एक्सेलेन्स अवार्ड 2022 ! ’ अवार्ड दिने निर्णय गरेको हो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

बैंकको वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले स्वास्थ्य मापदण्डको दायारा भित्र कर्मचारी ब्यवस्थापन गरिएको थियो ।

नबिल बैंकले स्टार बैंकरहरु समेत जन्माइसकेको छ । बैंकका १ हजार तीन सय १४ भन्दा बढि कर्मचारीहरु स्थायी रुपमा कार्यरत रहेका छन् ।

नबिल बैंकले यसअघि कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १४८ शाखा, १८८ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

 

prabhu mahalaxmi
kumari