stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ६५ करोड रुपैयाँ लगानी गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि वैशाख ३१ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९ करोड ७५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ मे २० देखि २०२७ मे २० सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari