stcnepal long ad
ime life insurance
national life
global ime bank long

ऋणपत्र जारी गरेर १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।

नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको उक्त कार्यालयका अनुसार ६ वर्ष अवधि रहेको ‘विकास ऋणपत्र–२०८८’ बोलकबोलमार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रको बोलकबोल चैत २५ गते गरिनेछ भने चैत २६ गते निष्कासन गरिने जनाइएको छ ।

इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकहरूले समेत भाग लिन सक्नेछन् ।

IME Lifesidebar
kumari