प्रभु महालक्ष्मी इन्स्योरेन्समा अनुभवी कर्मचारी माग
काठमाडौं । नेपालको उत्कृष्ट इन्स्योरेन्स कम्पनीका रूपमा ख्याति आर्जन गर्न सफल रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विराटनगर, खोटाङ, विरगन्ज,पोखरा,कुश्मा,दैलेख र डडेल्धुरा शाखा र नेपालगन्ज तथा इटहरी सहायक शाखा प्रमुखका लागि स्नातक तह वा सो सरहका शैक्षिक योग्यता भएका र अनुभवी कर्मचारी माग गरेको छ।
यस्तै काठमाडौं उपत्यका र उपत्यका बाहिर इटहरी,गाइघाट,बेनी,चन्द्रौटा,नेपालगन्ज,जुम्ला,अत्तरिया र महेन्द्रनगरका लागि मार्केटिङ एक्जुकेटिभका लागि कर्मचारी माग गरेको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो अनुभवपत्र,नागरिकता र शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपी सहित चैत्र २९ गतेभित्र निवेदन दिन अनुरोध गरेको छ।

























