stcnepal long ad
ime life insurance
global ime bank long

बजेट लेखन समिति गठन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक रूपमा प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता तय गर्नका लागि शुक्रबार बजेट लेखन समिति गठन गरेको छ ।

राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति बनाइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सो समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखलाई सदस्यका रूपमा चयन गरिएको छ ।

समितिका सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल,अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहनुभएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा पेस गर्ने बजेट वक्तव्यको मसौदा तयार गर्नका लागि सो समिति गठन गरिएको हो ।

समितिलाई आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने, आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, संसद्का दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मसौदा तयार गरी पेस गर्ने कार्यक्षेत्र निर्धारण गरिएको छ ।

यस्तै आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको मसौदा तयार गरी पेस गर्ने समितिको कार्यक्षेत्र निर्धारण गरिएको छ । यो समितिले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्ने छ ।

गत माघदेखि राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ निर्धारण गरी आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढिसकेको थियो । आगामी आवको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्ने गरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको छ ।

प्रत्येक वर्ष जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार नयाँ सरकारले बजेट लेखनका लागि समिति गठन गरी प्रक्रिया अगाडि बढाएको हो ।

prabhu mahalaxmi
kumari