stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आठ महिनामा उठ्यो साढे सात खर्ब राजस्व

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म ७ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। फागुनसम्म ९ खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८२।६० प्रतिशत संकलन भएको हो।

यो वर्षको वार्षिक राजस्व लक्ष्य भने १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। फागुन महिनामा भने ८२ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्षको फागुनसम्म ७ खर्ब २९ खर्ब रुपैयाँ संकलन भएको थियो। चालु आर्थिक वर्षमा लक्ष्य बढाइएको भए पनि त्यसअनुसार संकलन हुन सकेको छैन।

अर्थ मन्त्रालयका अनुसार यो अवधिमा भन्सार महशुल १ खर्ब ५५ अर्ब रुपैयाँ संकलन भएको छ। मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब, अन्तस्शुल्क १ खर्ब २० अर्ब र आयकर १ खर्ब ७० अर्ब संकलन भएको छ।

prabhu mahalaxmi
kumari