वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा झनै बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) झनै बढेको छ। बैंकहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय वित्तीयबाट यस्तो अवस्था देखाएको हो।

चालु आर्थिक वर्षको पुससम्म हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा बढेर ५.०८ प्रतिशतले पुगेको छ। अघिल्लो वर्ष २०८१/८२ को यही अवधिसम्म औसत निष्क्रिय कर्जा ४.४९ प्रतिशत थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १२ वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ भने ८ वटाले घटाएका छन्। समीक्षा अवधिमा बैंकहरुको निष्क्रिय कर्जा ४ वटा बैंकको निष्क्रिय कर्जा ७ प्रतिशतदेखि करिब ८ प्रतिशतसम्म पुगेको छ।

सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको रहेको छ। समीक्षा अवधिमा यो बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको निष्क्रिय कर्जा ०.६६ प्रतिशत थियो। बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ।

दोस्रो सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यो बैंकको निष्क्रिय कर्जा १.८८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा १.७१ प्रतिशत थियो।

त्यस्तै तेस्रो सबैभन्दा कम नेपाल एसबीआई बैंकको निष्क्रिय कर्जा २.६४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशत थियो। बैंकको निष्क्रिय कर्जा घटेको छ।

चालु आर्थिक वर्षको पुससम्म हिमालयन बैंकको निष्क्रिय कर्जा सर्वाधिक ७.९६ प्रतिशत रहेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको निष्क्रिय कर्जा पनि करिब ८ प्रतिशत रहेको छ। एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा साढे ७ प्रतिशत रहेको छ।

IME Lifesidebar
kumari