stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ऋण नतिर्ने मनसाय राखेर बैंकमाथि एकपक्षीय प्रहार गर्ने काम रोकिनुपर्छ: अध्यक्ष कोइराला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरू तल्लो वर्गसम्म पुगेर देशको अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रित रहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले ग्रामीण क्षेत्रसम्म बैंकका शाखा पुगिसकेको र वित्तीय साक्षरता मार्फत नागरिकलाई समृद्ध बनाउन बैंकहरूले भूमिका खेलिरहेको दाबी गरेका हुन् ।

उनले बैंकहरूले गरेका राम्रा काम ओझेलमा परेको र नकारात्मक कुराले बढी प्रश्रय पाउँदा बैंकिङ क्षेत्रमाथि आक्रमणका घटना हुने गरेको भन्दै गुनासो गरे ।

‘तल्लो वर्गलाई उठाउन सकियो भने मात्र देशको अर्थतन्त्र चल्छ, जसमा हामीले मेहनत गरिरहेका छौँ,’ कोइरालाले भने, ‘बैंकबाट ऋण लिएर कति धेरै घरधुरी समृद्ध भएका छन्, तर यहाँ सफल स्टोरीको चर्चा हुनुको साटो हुलदङ्गा मच्चाउनेहरूको बढी चर्चा हुने गरेको छ ।’

उनले बैंकहरू सबैभन्दा बढी संगठित र व्यावसायिक संस्था भएको उल्लेख गर्दै ऋण नतिर्ने मनसाय राखेर बैंकमाथि एकपक्षीय प्रहार गर्ने काम रोकिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले राष्ट्र बैंकको अत्यधिक नियमन र नियन्त्रणका कारण बैंकहरू अप्ठ्यारो स्थितिमा पुगेको बताए । नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै गुणस्तरीय रहेको चर्चा गर्दै उनले धेरै नियन्त्रण गर्दा विकासमा बाधा पुग्ने तर्क गरे । ‘गाडी चलाउँदा ब्रेक मात्र लगाएर हुँदैन, पछिल्लो समय बैंकहरूमाथि बढी नियन्त्रण देखियो,’ उनले भने ।

संयोजक कार्कीले कार्यदलको प्रतिवेदनमा ‘बेसिक रेगुलेसन, मोर सुपरभिजनु को अवधारणा अघि सारेको जानकारी दिए । उनले पहिलो वर्गमा पर्ने बैंकहरूलाई ब्याजदर, सेवा शुल्क र आन्तरिक व्यवस्थापनमा पूर्ण ‘स्व–नियमनु को अधिकार दिन सिफारिस गरिएको बताए ।

यस्तै, वित्तीय शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट बच्न नगद कारोबारको सीमा १० लाखबाट घटाएर १ लाखमा झार्न र बैंकिङ क्षेत्रमा रहेको तरलतालाई पूर्वाधार निर्माणमा परिचालन गर्न निजी क्षेत्रलाई सहभागी गराउन सुझाव दिइएको उनले प्रष्ट पारे ।

prabhu mahalaxmi
kumari