stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

लाभांश प्रस्ताव पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari