आज सुन चाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
























