stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पाँच महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा राजश्व संकलन लक्ष्यको २७.४५ प्रतिशत भएको छ। वार्षिक बजेटले १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ खर्ब ६ अर्ब संकलन भएको हो।

यसमा कर राजश्व ३ खर्ब ८२ अर्ब रुपैयाँ संकलन भएको छ भने गैरकर राजश्व २४ अर्ब रुपैयाँ संकलन भएको छ। ५ महिनामा अनुदान वापत ५ अर्ब १२ करोड रुपैयाँ प्रप्त भएको छ। अन्य आम्दानी ३ अर्ब रहेको महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ।

सरकारले चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने अनुमान गरेकोमा कात्तिक मसान्तसम्म ५ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गरेको छ।

जसमा चालुतर्फ ३ खर्ब ९८ अर्ब रुपैयाँ खर्च भएको छ भने पूँजीगततर्फ ३३ अर्ब ८७ करोड मात्रै खर्च भएको छ।

५ महिनामा चालु खर्च ३३.७ प्रतिशत र पूँजीगत खर्च ८.३ प्रतिशत रहेको छ। वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ३२ अर्ब रुपैयाँ खर्च भएको कार्यालयले उल्लेख गरेको छ।

prabhu mahalaxmi
kumari bank
kumari