stcnepal long ad
global ime bank long

पाँच लाख रूपैयाँ भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार मन्त्री परिषद बैठकले पाँच लाख भन्दा बढी रकम नगदमा कारोबार गर्न नपाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।

मन्त्री परिषदको आइतबार बसेको बैठकले पाँच लाखभन्दा माथिको कारोबार गर्दा बैंकिङ प्रणालीबाटै गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो। यसअघि १० लाख रूपैयाँभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान थियो।

नगद कारोबारको माध्यमबाट सम्पत्ती शुद्धिकरण भइरहेको निष्कर्ष निकाल्दै नेपाल सरकारले नगद कारोबारलाइ निरूत्साहित गर्ने उद्देश्य सहित नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको हो।

IME Lifesidebar
kumari