stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बढ्दो छ डिजिटल भुक्तानी, मोबाइल बैंकिङ र क्युआर कारोबारमा ‘रेकर्ड ब्रेक’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक बर्षको असोज महिनामा १७० खर्ब ५४ अर्ब ७७ करोड ८० लाख रूपियाँ बराबरको ठूला तथा रिटेल डिजिटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त असोज महिनाको डिजिटल भुक्तानी सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

असोजमा भएको डिजिटल भुक्तानी मासिक रुपमा हालसम्मकै उच्च पनि हो । यसअघि गत साउनमा ११३ खर्ब ३५ अर्ब २२ करोड रूपियाँको डिजिटल भुक्तानी भएको थियो । असोजमै त्यो रेकर्ड तोडिएर नयाँ रेकर्ड कायम भएको हो ।

गत भदौमा भने १०१ खर्ब ३१ अर्ब ७७ करोड ९० लाख रूपियाँको डिजिटल भुक्तानी भएको थियो । गत आवको असोज महिनामा भने ८१ खर्ब ६५ अर्ब ४४ करोड ८० लाख रूपियाँ यस्तो भुक्तानी भएको थियो ।

समीक्षा महिनामा आरटीजीएसबाट १४७ खर्ब ९२ अर्ब ७० करोड २० लाख रूपियाँ भुक्तानी भएको छ ।  बिशेषगरी यो ठूला कारोबारमा प्रयोग गरिने प्रणाली हो ।  असोजमा  सरकारको खर्च उच्च थियो । यी यस्ता कारोबार ठूला कारोबार बढेका छन् ।

यस्तै, दशैंका कारण पनि असोजमा डिजिटल भुक्तानी उच्च भएको देखिन्छ । मोबाइल बैंकिङबाट मात्रै असोजमा पाँच खर्ब ४८ अर्ब ५१ करोड ५० लाख रूपियाँको कारोबार भएको छ, यो पनि मासिक रुपमा हालसम्मकै उच्च हो ।

यसअघि गत आवको असार महिनामा मोबाइल बैंकिङबाट पाँच खर्ब ३० अर्ब २८ करोड ५० लाख रूपियाँ भुक्तानी भएको थियो । असोजमा यसमा त्यो रेकर्ड तोडिएर नयाँ रेकर्ड कायम भएको हो ।

चालु आर्थिक बर्षको साउनमा चार खर्ब ७४ अर्ब ९४ करोड रूपियाँ र भदौमा चार खर्ब ६८ अर्ब १५ करोड रूपियाँको डिजिटल भुक्तानी भएको थियो । असोजमा भने पाँच खर्ब ४८ अर्ब ५१ करोड ५० लाख रूपियाँ बराबरको कारोबार यसबाट भएको छ ।

यस्तै, समीक्षा अवधिमा क्यूआर भुक्तानी एक खर्ब २१ अर्ब ७७ करोड ७० लाख रूपियाँ पुगेको छ । क्यूआर भुक्तानीमा पनि रेकर्ड ब्रेक भएको हो । राष्ट्र बैँकको तथ्यांक अनुसार यसअघि मासिक रुपमा क्यूआर भुक्तानी यो मात्रामा भएको देखिन्न ।

गत साउनमा एक खर्ब ६७ करोड ५० लाख र भदौमा एक खर्ब एक अर्ब २३ करोड ९० लाख रूपियाँको क्यूआर पेमेन्ट भएको थियो । यस्तै,समीक्षा महिनामा वालेटबाट ४६ अर्ब ९५ करोड ४० लाख रूपियाँ भुक्तानी भएको छ ।

मुख्य त दशैंका कारण यी माध्यमबाट हुने भुक्तानी बढेको देखिन्छ । सामान्य ग्राहकहरूले मोबाइल बैंकिङ, वालेट बढी प्रयोग गर्छन् । त्यसमा पनि क्यूआर भुक्तानी धेरै हुन्छ ।

दशैंमा किनमेल तथा दक्षिणा दिँदा डिजीटल भुक्तानी बढेको पुष्टि यो तथ्यांकले गरेको छ । फलस्वरुप उच्च कारोबार देखिएको बैंकरहरुका बताउँछन् ।

समीक्षा महिनामा एटीएम बाट ९८ अर्ब ४७ करोड ९० लाख रूपियाँ नगद झिकिएको छ । यस्तै, इलोक्ट्रोनिक चेक क्लिरेन्सबाट पाँच खर्ब ८९ करोड ३० लाख रूपियाँ, आईपीएसबाट तीन खर्ब दुई अर्ब ६९ करोड ६० लाख रूपियाँ र फास्टर पेमेन्ट सिस्टमबाट पाँच खर्ब सात अर्ब ९३ करोड पाँच लाख रूपियाँ भुक्तानी भएको छ ।

यस्तै, डेबिट कार्डबाट एक खर्ब एक अर्ब २० करोड ६० लाख रूपियाँ, क्रेडिट कार्डबाट दुई अर्ब १६ करोड ९० लाख रूपियाँ, प्रिपेड कार्डबाट एक अर्ब ३० करोड तीन लाख रूपियाँ र इन्टरनेट बैकिङबाट २१ अर्ब ९० करोड १० लाख रूपियाँ भुक्तानी भएको छ ।

यस्तै, ब्रान्चलेस बैंकिङबाट एक अर्ब ७२ करोड ४० लाख रूपियाँ, पोस मेसिनबाट चार अर्ब ९१ करोड ३० लाख रूपियाँ र इकमर्शमा एक अर्ब २ करोड ८६ लाख रूपियाँ भुक्तानी भएको छ । यस्तै, भारतीय पर्यटकले नेपालमा आएर ३१ करोड ७० लाख रूपियाँ बराबरको डिजिटल भुक्तानी गरेका छन् ।

kumari bank
kumari
nawakantipur long