stcnepal long ad
ime life insurance
national life
global ime bank long

अर्थ मन्त्रालयले थप्यो कर बुझाउने समय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ मन्त्रालयले कर बुझाउने समय थपेको छ । अर्थ मन्त्रायलयले कर बुझाउने र करको विवरण बुझाउने समय थपेर असोज २५ गतेसम्म पुर्‍याएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कर बुझाउने समय बढेको हो । आन्दोलनका कारण देशब्यापी रुपमा निषेधाज्ञा र कर्फ्यु लागेको थियो ।

जसमा कर कार्यालय बन्द हुँदा समयमा नै कर दाखिला हुन सकेको थिएन । मन्त्रालयले करदाताले भदौ २५ सम्ममा पेस गर्नुपर्ने विवरणको म्याद बढाएर असोज २५ सम्म पेश गर्न समय दिएको हो ।

२०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी (शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम) २०८२ असोज २५ गतेसम्म दाखिला गर्न सकिने गरी नेपाल सरकार (अर्थमन्त्रीस्तरबाट) सोमबार निर्णय भएको हो ।

उक्त अवधिभित्र विवरण तथा विवरण बमोजिमको कर दाखिला गरेमा सम्बन्धित ऐन बमोजिम लाग्ने विलम्ब शुल्क, शुल्क, व्याज, थप दस्तुर वा जरिवाना नलाग्ने गरी आन्तरिक राजस्व विभागले एकीकृत कर प्रणालीमा आवश्यक व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ ।

IME Lifesidebar
kumari