stcnepal long ad
ime life insurance
global ime bank long

चालुपुँजी कर्जा मार्गदर्शन एक वर्षपछि मात्रै कार्यान्वयन हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन एक वर्ष पछि मात्रै कार्यान्वयनमा आउने भएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै चालुपुँजी कर्जा मार्गदर्शन एकवर्ष पछि कार्यान्वयमा आउने जनाएको छ ।

राष्ट्र बैंकले व्यवसायीले उक्त सीमाभन्दा बढी लिएका कर्जाको सीमामा कायम गर्ने अवधि २०८२ असार मसान्तसम्म सीमा ल्याउने भनेको थियो । अब २०८३ साउन १ गतेबाट लागु हुनेछ ।

चालु पुँजी कर्जाको मार्गदर्शनअनुसार बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने सुविधा दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकामा यस्तो कर्जामा यसअघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता गर्न पाइने छैन ।

यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन ।

prabhu mahalaxmi
kumari