sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नाफिजको पोस्ट बजेट कार्यक्रममा अर्थमन्त्री पौडेल सहभागी हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नयाँ वानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको पोस्ट बजेट छलफल कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी हुने भएका छन् ।

कार्यक्रम केही बेरमै सुरु हुने तयारी भइरहेको छ । चालू आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटको समीक्षा र पत्रकार तथा विज्ञहरूसँग अन्तरक्रिया गर्न नाफिजले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मुख्य अंशबारे जानकारी दिँदै विभिन्न क्षेत्रका सरोकारवालासँग संवाद गर्ने बताइएको छ । नाफिजले आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि नियमित रूपमा पोस्ट बजेट छलफल आयोजना गर्दै आएको छ ।

gold
prabhu bank
nawakantipur long