sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

अनिवार्य नगद मौज्दातको सीमा बढाइयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बैङ्कहरूले अनिवार्य नगद मौज्दातबापत राख्दै आएको रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले अनिवार्य नगद मौज्दातबापत राख्दै आएको रकमको सीमा आइतबारदेखि लागु हुने गरी बढाएको हो ।

एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले राख्नुपर्ने अनिवार्य नगद मौज्दातको दैनिक ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाले कुल निक्षेप दायित्वको चार प्रतिशत अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैङ्कमा राख्नुपर्ने हुन्छ ।

सोही व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातबापत बैङ्कले दैनिक राष्ट्र बैङ्कमा न्यूनतम ९० प्रतिशत राख्नुपर्ने हुन्छ । जुन यसअघि अनिवार्य नगद मौज्दातबापत राखिने चार प्रतिशतको ७० प्रतिशत राख्दा पुग्थ्यो ।

prabhu bank
nawakantipur long