stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारीमा 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी गरिरहेको छ। गत वर्ष जेठ ४ गते नै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको थियो ।

यसपाली  गभर्नर  नियुक्ति लगायतका  कारणले ढिलो हुन गएको राष्ट्र बैंकको भनाइ छ । केन्द्रीय बैंकका एक उच्च अधिकारीले सकेसम्म आजै नभए भोलिसम्म ल्याउने तयारी भइरहेको जानकारी दिए ।

पौडेल गभर्नरको रुपमा आउनुभन्दा अगाडि नै तत्कालीन कामु गभर्नर निलम ढुंगानाले मौद्रिक समीक्षा ल्याउने तयारी गरिरहेकी थिइन्। उनले सञ्चालक समितिको बैठक नै राखेर एक चरणको छलफल समेत गरिसकेको बुझिएको छ।

ढुंगानाले सार्वजनिक गर्न तयारी गरिरहेको समीक्षामाथि गभर्नर पौडेलले सामान्य संशोधन गरी सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकको स्रोतको दाबी छ।

राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारिसकेको तेस्रो मौद्रिक समीक्षामा राख्न सकिने सम्भावित नीतिगत फेरबदलका विषयमा व्यवस्थापन समितिमा यतिबेला छलफल चलिरहेको बताइएको छ।

व्यवस्थापन समितिको छलफल सकिनासाथ गभर्नरले सञ्चालक समितिको बैठक बोलाएर समीक्षा सार्वजनिक गर्ने तयारी रहेको छ। पौडेल नयाँ गभर्नर भएर आएसँगै उनले समीक्षा मार्फत बजारलाई सम्बोधन गर्नेगरी केही नीतिगत व्यवस्था ल्याउनसक्ने अपेक्षा गरिएको छ।

यद्यपी, उनले हालको मौद्रिक क्षेत्र बुझ्ने पर्याप्त समय नपाएकाले यस समीक्षामा ठूलो परिवर्तनको सम्भावना भने कम देखिन्छ।

महाप्रसाद अधिकारीले अगाडि सारेका नीतिलाई निरन्तरता दिँदै आगामी मौद्रिक नीति मार्फत भने गभर्नर पौडेलले आफ्ना नीतिहरु अगाडि सार्ने देखिन्छ।

चौथो त्रैमासमा बैंकिङ गतिविधिहरु पनि खासै धेरै नहुने र पछिल्लो समय बैंकहरुको ब्याजदर पनि स्थिर रहेकाले खासै ठूलो परिवर्तनको सम्भावना देखिँदैन।

यस्तै, आर्थिक वर्ष समाप्त हुने समय भएकाले बैंकहरुको मुनाफा बढाउन सहजीकरण हुनेखालका केही नियमनकारी नीतिमा परिवर्तनको सम्भावनालाई भने नकार्न नसकिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

बैंकिङ प्रणालीबाट एकाघर परिवारका सेयर लगानीकर्ताहरुले १५ करोडसम्म कर्जा लिनसक्ने सीमालाई भने गभर्नर पौडेलले हटाउन सक्ने बुझिएको छ।

सेयर लगानीकर्ता मार्फत सेयर बजार चलायमान बनाउने दिशामा उनी केही लचक हुने सम्भावनालाई भने नकार्न सकिँदैन।

prabhu mahalaxmi
kumari