stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुजुकीले ल्यायो एक्सेस १२५ को नयाँ संस्करण, यस्तो छ विशेषता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सुजुकीले आफ्नो लोकप्रिय स्कुटर, सुजुकी एक्सेसको पछिल्लो संस्करण लन्च गरेको छ। हालै लन्च गरिएको एक्सेस राइड कनेक्ट टीएफटी संस्करणमा ब्लुटुथ कलर टीएफटी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र नयाँ पर्ल म्याट एक्वा सिल्भर रङको विकल्प उपलब्ध छ।

यसमा रहेको ४.२ इन्चको टीएफटी डिस्प्लेले सवारी चलाउने व्यक्तिलाई स्पष्ट र उच्च कन्ट्रास्टको इन्टरफेस प्रदान गर्छ, जसले विभिन्न प्रकाश अवस्थामा समेत राम्रो दृश्यता सुनिश्चित गर्छ।

सो डिस्प्लेले छिटो रिफ्रेस दर र सटीक रङ रेन्डरिङको साथ सवारी सम्बन्धी जानकारीलाई अझ स्पष्ट र आकर्षक बनाउँछ।

राइड कनेक्ट टीएफटी संस्करणमा समावेश गरिएको सुजुकीको राइड कनेक्ट टेक्नोलोजीले स्मार्टफोन कनेक्टिभिटीको सुविधा दिन्छ, जसले प्रयोगकर्ताको समग्र अनुभवलाई अझ सहज र प्रभावकारी बनाउँछ।

यसको डिजाइन र मेकानिकल सेटअपमा कुनै परिवर्तन गरिएको छैन । सो संस्करण १२५ सीसीको एकल(सिलिन्डर इन्जिनबाट संचालित हुन्छ, जसलाई ओबीडी२ मापदण्डअनुसार अपडेट गरिएको छ ।

सो इन्जिनले ६५०० आरपीएममा ८.३ बीएचपीको पावर र ५००० आरपीएममा १०.२ एनएमको टर्क उत्पादन गर्छ ।

prabhu mahalaxmi
kumari