sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

राष्ट्र बैङ्कले बुझायो बजेट सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेट्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैङ्कका कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुधबार पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउनु भएको हो ।

राष्ट्र बैङ्कले अध्ययनमा आधारित रहेर प्रतिवेदन तयार गरेको जनाएको छ । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको सो क्रममा जानकारी गराउनुभयो । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो ।

आगामी बजेट निर्माणको तीव्र तयारीमा रहेको मन्त्रालयले मन्त्रालयगत छलफल सम्पन्न गरेर अहिले विभिन्न सरोकारवालासँग सुझावका लागि छलफल तथा अन्तर्क्रिया गरिरहेको छ ।

संवैधानिक व्यवस्था अनुरूप जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले मन्त्रालयले तालिका नै बनाएर बजेट निर्माणको प्रक्रिया अघि बढाइरहेको छ ।

आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १८ खर्ब रुपियाँको बजेट सीमा निर्धारण गरेको छ । स्रोतको दबाबमा रहेको मन्त्रालयले यस पटक नयाँ आयोजनाभन्दा क्रमागत आयोजनालाई प्राथमिकता दिने र अनौपचारिक क्षेत्रलाई समेत करको दायरामा ल्याउने तयारी गरिरहेको छ ।

gold
prabhu bank
nawakantipur long