stcnepal long ad
ime life insurance
national life
global ime bank long

मौद्रिक नीति समीक्षाका व्यवस्थाहरु कार्यान्वयन गर्न एकीकृत निर्देशनमा संशोधन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गरेको छ ।

केन्द्रीय बैंकले मौद्रक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको थियो ।

सोमबार एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्था र लघुवित्त कम्पनीहरुलाई पनि निर्देशन दिएको हो ।

यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको नाफामा सकारात्मक प्रभाव पर्नेछ । यस्तै, व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टु भ्याल्यू रेसियो) को सीमालाई ६० प्रतिशत गर्न निर्देशन दिएको छ ।

यसअघि भने यस्तो अनुपात इभी मा ८० प्रतिशत र पेट्रोल–डिजेल गाडीमा ५० प्रतिशत थियो । राष्ट्र बैंक गत साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यी व्यवस्थाहरु ल्याएको थियो ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari